जेन-जी प्रदर्शन घटनामा मृत्यु भएका चन्द्रागिरिका एकजनासहित ४१ जनाको सनाखत

Thankot Times

थानकोट ।

भदाै २३ गते भएको जेनजी प्रदर्शनपछि घटेको घटनामा देशभर ५१ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये ४१ जनाको सनाखत भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले प्रदर्शनकारीसँग झडप हुँदा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत २ जना र प्रभाग कोटेश्वरमा कार्यरत एक जनाको प्रहरीको मृत्यु पुष्टि भएको बताए ।

प्रदर्शनकारीतर्फ सुरक्षाकर्मीबाट बल प्रयोग हुँदा २१ जनाको मृत्यु भएको डीआईजी घिमिरेले बताए ।

प्रदर्शनको क्रममा आगजनीमा परेर, प्रदर्शनमा भागदौड हुँदा र करेन्ट लागेर १८ जनाको मृत्यु भएको छ ।

प्रहरीले सार्वजनिक गरेको मृतकहरूको सूचीमा चन्द्रागिरि नगरपालिका-०५ महेन्द्र परियार पनि छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *