देशभरका सामुदायिक क्याम्पसमा कार्तिक १० गतेसम्म पठनपाठन बन्द रहने
थानकोट ।
देशभरका ६ सय भन्दा धेरै सामुदायिक क्याम्पसहरूमा कार्तिक १० गतेसम्म पठनपाठन बन्द रहने भएको छ ।
भदाै २३ गते जेनजीले देशभर गरेको प्रदर्शनपछि निम्तिएको विषम परिस्थितिपछि त्रिभुवन विश्वविद्यालयले कार्तिक १० गतेसम्मका लागि पठन पाठन बन्द गर्ने निर्णय गरेसँगै नेपालका सामुदायिक क्याम्पसहरूले समेत सोही निर्णय कार्यान्वय गर्ने भएका हुन् ।
नेपाल पब्लिक क्याम्पस संघका अध्यक्ष एवं काठमाडाैं शिक्षा क्याम्पसका प्रमुख शत्रुध्नप्रसाद गुप्ताले त्रिविले जारी गरेको सूचना बमोजिमनै कार्तिक १० गते सम्म पठनपाठन बन्द हुने भएकोले हामीले पनि सोही अनुरुप गराउन सबै सदस्य सामुदायिक क्याम्पसहरूलाई अनुरोध गरिएको जानकारी दिए ।
संघले भदाै २३ र २४ मा भएका घटनाप्रति दुःख व्यक्त गरेको छ ।
सूचना हेराैंः













