‘हामी फेरि उठ्ने छौँ, तपाईँंहरू सँगै’- एनसेल

Thankot Times

थानकोट ।

एनसेलले अघिल्लो हप्ताको तोडफोडका घटनाले केही कार्यालयमा क्षति पुगे पनि दूरसञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित राख्ने आफ्नो मूल उद्देश्यमा अडिग रहेको बताएको छ ।

संकटको समयमा सहज रूपमा सेवाको उपलब्धता सुनिश्चित गर्नका लागि एनसेलले तीन दिनसम्म नि:शुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गराएको थियो ।

प्रदर्शनबाट मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखराको क्षेत्रीय कार्यालयहरूलाई गम्भीर क्षति पुगेको एनसेलले जनाएको छ ।

प्रदर्शनबाट भौतिक क्षति मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर जोखिम गराएको कम्पनीको भनाइ छ ।

युवाहरूको अगुवाइमा गरिएको आन्दोलनले ल्याएको परिवर्तनलाई स्वागत गर्दै यो परिवर्तनले सबै नेपालीका लागि अझ ठूलो एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने एनसेलले आशा व्यक्त गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *