वनस्थलीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मनिषको ज्यान गयो
थानकोट ।
काठमाडौँ महानगरपालिका-१६ वनस्थली चोकस्थित सडकमा भएको सवारी दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ ।
हाल नम्बर नखुलेको टिपरले बा.४६ प ४६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ललितपुर सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसीको मृत्यु भएको छ ।
गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डबी अस्पतालमा थप उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















