आगजनीबाट क्षतिग्रस्त भएको चन्द्रागिरि केबलकार दसैं अगाडि नै सञ्चालनमा ल्याउने तयारी

Thankot Times

थानकोट ।

चन्द्रागिरि केबलकार दसैँ अगाडि नै पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

प्रदर्शनमा क्रममा तोडफोड भएर बन्द भएको केबलकार दसैँ अगाडि नै सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

गत भदौ २३ र २४ गते देशभर भएको जेनजीको विरोध प्रदर्शनका क्रममा चन्द्रागिरि हिल्सको केबलकारमा पनि आगजनी र तोडफोड भएको थियो । प्रदर्शनकारीले केबुलकारको तार र गोन्डलामा आगजनी र तोडफोड गरी क्षति पुराएका थिए ।

आगजनीले तारमा समेत क्षति पुगेको हुनसक्ने भएकाले तत्कालका लागि केबलकार बन्द गरिएको छ ।

केबलकारको बटम स्टेसनमा क्षति पुगेको कारण सुरुमा बटम स्टेसनको सरसफाइ गरिएको छ ।

त्यसपछि केबलकारको भौतिक क्षतिको अवलोकन गरी शीघ्र सञ्चालनको तयारी गरिएको चन्द्रागिरि केबलकारले जनाएको छ ।

चन्द्रागिरि हिल्सका अनुसार आगजनीले केबुलकारका तारहरू तातो भएर जलेको वा काम नगरेको हुनसक्ने भएकाले अस्ट्रियाबाट नै प्राविधिक बोलाएर चेकजाँच गरिन लागेको छ ।

हामी विचलित छैनौं, अझ बलियो संकल्पका साथ सेवा छिट्टै सुचारु गर्नेछौं- चन्द्रागिरि हिल्स

अन्य कुनै खराबी छ कि छैन भनेर हेर्न र सुक्ष्मरुपमा सुरक्षा सतर्कता अपनाउनु भएकाले पर्यटकको सुरक्षा र सुविधालाई ध्यानमा राखी पूर्णरुपमा सुरक्षित रहेको निश्चित भएपछि मात्रै सञ्चालनमा ल्याउन लागिएको हो ।

चन्द्रागिरि हिल्स व्यवस्थापनका अनुसार दसैँ अगाडि केबुलकारको मर्मतको लागि अस्ट्रियाका प्राविधिक तथा विशेषज्ञहरू ल्याएर आवश्यक जाँच र मर्मत गरिँदै छ ।

दसैँमा भालेश्वर मन्दिरको दर्शन गर्न जाने र दसैँका छुट्टीमा धेरै पर्यटकहरू चन्द्रागिरि हिल्स जाने भएकाले दसैँ अगाडि नै सबै प्राविधिक पक्षको परीक्षण गरी सुरक्षाको सुनिश्चित गर्ने बताइएको छ ।

आगजनीबाट चन्द्रागिरि हिल्सको बटम स्टेसनमा के कति क्षति भएको छ सो को विवरण संकलनको कार्य जारी रहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *