जलेको घरको फोटो देखाउँदै नेता केसीले भने- मैले कहिल्यै भ्रष्टाचार गरेको छैन्, छानबिन होस्

Thankot Times

थानकोट । 

नेपाली काँग्रेसका क्षेत्रीय सभापति तथा पूर्वमन्त्री राजेन्द्र कुमार केसीले गत साता जेन-जी आन्दोलनमा घुसपैठ भएको धारणा राखेका छन् । 

सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनको फर्पिङस्थित जलेको घरको फोटो राख्दै उनले सो बताएका हुन् ।

उनले लेखेका छन् –

जेन-जीद्वारा आह्वान गरिएको भाद्र २३ र २४ गतेको आन्दोलनमा स्वार्थ समुहको घुसपैठ भएको हो ।

यस्तो जघन्य अपराधको मानविय नरसंहार घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै भावपूर्ण श्रदान्जली अपर्ण गर्दछु । अवोध बालबालबालिका मृत्युले स्तब्ध भएको छु ।

साथै परिवारजन‌मा समवेदना प्रकट गर्दछु । घाइतेहरूमा सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

उक्त घुसपैठबाट सरकारी तथा निजि सम्पत्तिमाथि भएको भौतिक क्षती सम्वन्धमा गहिरो दूःख व्यक्त गर्न चाहन्छु ।

डिजिटल युगमा हरेक कुरा पारदर्शी हुने हुँदा मेरो निरन्तर ४० वर्षे राजनितिक सक्रिय जीवनमा मैले कहिल्यै भ्रष्टाचार गरेको छैन् । भगवान पशुपतिनाथलाई साक्षी राखी यो स्टाटस् लेखेको छु ।

मेरो कीर्तिपुर- ६ स्थित चोभारमा रहेको पैतृक जग्गामा म र छोराको संयुक्त लगानीमा निर्माण भएको निजि निवास‌मा प्रतिशोधपूर्ण आगजनी भएको छ ।

पूर्णरूपमा घर ध्वस्त गराइएको अवस्थामा म मर्माहित भएको छु । तसर्थ सरकारले तत्काल २०४६ पछि सार्वजनिक पद‌ धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरियोस् ।

सरकारबाट भएको छानबिनमा सहयोग गर्न तयार छु । प्रतिशोधपूर्ण आगजनी, लुटपाट भएको अवस्थामा जसले क्षती पूर्याएको हो, उसैबाट क्षतिपूर्ति भराइयोस् ।

यस विषम परिस्थितिमा राष्ट्रिय ढुकुटीबाट मैले कुनै पनि क्षतिपूर्ति माग गर्ने छैन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *