नागढुङ्गा सुरुङ मार्ग केपी ओलीको भीजन हो- महेश बस्नेत

Thankot Times

थानकोट ।

नेकपा एमालेका नेता एवं पूर्व मन्त्री महेश बस्नेतले नागढुङ्गा सुरुङ मार्ग नेकपा एमालेको भीजन भएको बताएका छन् ।

सोमबार भक्तपुरस्थित क्षतिग्रस्त आफ्नो घर हेर्न पुगेका नेकपा एमालेका सम्बद्ध युवा संघका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले देशका विभिन्न योजनाहरू नेकपा एमालेका अध्यक्ष केपी ओलीको भीजनअनुसार निर्माण भएको टिप्पणी गरेका हुन् ।

धरहरा, लुम्बिनी अन्तराष्ट्रिय विमानस्थल, पोखरा अन्तराष्ट्रिय विमानस्थल केपी ओलीको पालामा बनेको उल्लेख गर्दै उनले थानकोट सुरुङ मार्ग पनि ओलीकै योजना भएको दाबी गरे ।

भदाै २४ गते जेनजी आन्दोलनका क्रममा नेता बस्नेतको घरसमेत लुटपाट, तोडफोड र आगजनीमा परेपछि उनले पछिल्लो समय सामाजिक सञ्जालमा उत्तेजक प्रतिक्रिया समेत दिँदै आएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *