जान्नुहाेस आज दिनभरकाे माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

देशका केही स्थानमा आज वर्षाको सम्भावना छ ।

हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भारी वर्षाको भने सम्भावना छैन ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ ।

बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ ।

कोसी र वाग्मती प्रदेशका केही स्थान, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा तथा देशको बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना  छ ।

हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपासमा रहेको विभागले बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *