पुर्ख्याैली चिनाे राखिएको हार्ड ड्राइभ फिर्ता गरिदिनुस्, आभारी रहनेछाैं- नगरप्रमुख गिरी
थानकोट ।
चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले भदाै तेस्रो साता नेपालमा भएको जेन-जी प्रदर्शन र साे पछि निम्तिएकाे अकल्पनीय घटनामा परि दिवंगत भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामाे स्टाट्स लेख्दै मेयर गिरीले उक्त आन्दोलनमा घाइते भएकाहरुकाे शिघ्र स्वास्थलाभको कामनासमेत गरेका छन् ।
जेन-जी आन्दोलनमा उग्रता, चन्द्रागिरिमा नेताहरूको ७* वटा घरमा लुटपाट र आगजनी
चन्द्रागिरि नगरपालिकामा पनि निजि आवास तथा सम्पत्ति र सार्वजनिक क्षेत्रहरुमा भएको अपुरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै मेयर गिरीले आफ्नै ऐतिहासिक र पूर्ख्यौली सबै निजी आवासहरुमा समेत लुटपाट र आगजनी हुँदा पूर्ण रुपमा क्षति भएको जनाएका छन् ।
उनले लेखेका छन- हाम्रो परिवारहरुको ५०औं वर्षको सम्झनाको रुपमा रहेका फोटो तथा भिडियोहरु संकलन गरि राखिएको १ टेराबाट (१ टिबी)को २ थान र ४ टेराबाइट (४ टिबी) को २(दुई) थान गरि ४(चार) थान पाेर्टेबल एक्सटर्नल हार्ड ड्राइभहरु लगायतका अन्य सरसामानहरु कसैले सुरक्षित साथ राखिदिनु भएको वा फेला पार्नु भएको छ भने हामीलाई उपलब्ध गराइदिनु भएमा धेरै आभारी हुने थियौं ।
चन्द्रागिरि नगर भित्रका अन्य क्षति भएका निजी तथा सार्वजनिक सम्पत्तिहरु को सरसामानहरु समेत सुरक्षित साथ राखिदिनु भएको छ भने सो समेत सम्बन्धित व्यक्ति, वडा नगरपालिका वा प्रहरी कार्यालयहरु मा बुझाइदिनु हुन सबैमा अनुरोध छ ।
यस घटनासँग सम्बन्धित कुनै फोटो तथा भिडियो फुटेजहरु र सत्य तथ्य प्रमाणहरु छ भने सो समेत एवं क्षति भएको आफ्नो सम्पत्तिको विवरणहरु सम्बन्धित वडा कार्यालय, नगरपालिका वा नजिकको प्रहरी कार्यालयमा दिनु हुन सबैमा विनम्र अनुरोध गर्दै यस कार्यमा सबै नगरबासीहरुको साथ र सहयोगको समेत अपेक्षा गर्दछु ।
सार्वजनिक तथा निजी सम्पत्तिहरु र नगरपालिकाको मुख्य भवनको सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउनुहुने तथा यस विषम् परिस्थितिमा हामीलाइ प्रेरणा दिनुहुने सम्पूर्ण शुभचिन्तक एवं नगरबासीहरुमा हार्दिक आभार प्रकट गर्दछु ।
गत भदाै २४ गते भएको प्रदर्शनका क्रममा मेयर गिरीकाे थानकोटस्थित २ वटासहित गिरी परिवारका तीन घर लुटपाटपछि आगजनीमा परि ध्वस्त बनेका थिए ।
चन्द्रागिरिसहित विभिन्न स्थानमा भएका आगजनी तथा लुटपाटकाे भिडियो, फाेटाे संकलन गर्दै प्रहरी
स्थानीयले जोगाए चन्द्रागिरि नगरपालिका भवन, १५ मध्ये १४ वडा कार्यालयको अवस्था सामान्य












