स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हटलाइन सेवा पुनः सुरु

Thankot Times

थानकोट।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  हटलाइन सेवा पुनः सुरु गरेको छ । स्वास्थ्य सेवा प्रवाहमा हुने ढिलासुस्ती, कर्मचारीको लापरबाही वा अन्य कुनै पनि समस्याका लागि गुनासो सुनुवाइका लागि मन्त्रालयले हटलाइन सेवा सुरु गरेको हो । 

मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा.प्रकाश बुढाथोकीले आज एक सूचना जारी गर्दै आम नागरिकलाई स्वास्थ्य सेवा सम्बन्धी कुनै पनि गुनासो, सुझाव वा प्रतिक्रिया भए तोकिएका माध्यमबाट जानकारी गराउन अनुरोध गरेका छन् ।

यो संयन्त्र मन्त्रालय तथा यस मातहतका विभाग, केन्द्र र अस्पतालहरूबाट प्रवाह हुने सेवामा केन्द्रित हुने जनाइएको छ ।  कर्मचारीले गर्नुपर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको वा अनुचित कार्यका लागि दबाब दिएको तथा सेवा प्रवाहमा परेका कठिनाइहरूबारे यो सेवामार्फत सर्वसाधारणसँग प्रत्यक्ष संवाद हुनसक्ने जनाइएको छ ।

कोभिड महामारीको समयमा समेत प्रभावकारी रूपमा सञ्चालनमा रहेको यो संयन्त्रलाई पारदर्शिता र जवाफदेहिता थप सुदृढ बनाउन पुनः स्थापित गरिएको मन्त्रालयले जनाएको छ ।

गुनासो, सुझाव वा प्रतिक्रिया दिनका लागि निम्न माध्यमहरू प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ ।

हटलाइन नम्बर: १११५

भाइबर तथा ह्वाट्सएप नम्बर: ९८५१३३०५९२

इमेलः [email protected]

प्रवक्ताको सम्पर्क नम्बर: ९८५१२५५८३८

सूचना अधिकारीको सम्पर्क नम्बर: ९९५१३६३७५६


Leave a Reply

Your email address will not be published. Required fields are marked *