आज विश्व पर्यटन दिवस मनाइँदै, चन्द्रागिरि साकोसद्धारा त्रिभुवन पार्कमा वृक्षरोपण (फोटो फिचर)

Thankot Times

थानकोट ।

आज विश्व पर्यटन दिवस मनाइँदैछ

दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका छन् ।

‘पर्यटन र दिगो रूपान्तरण’ भन्ने नाराका साथ यस बर्षको विश्व पर्यटन दिवस मनाइँदैछ । 

पर्यटन दिवसका अवसरमा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका छन् ।

विश्व पर्यटन दिवस प्रत्येक वर्ष सेप्टेम्बर २७ तारिखका दिन मनाइन्छ । सन् १९८० देखि संयुक्त राष्ट्र विश्व पर्यटन सङ्गठन (डब्लुटीओ) सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको छ । पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२५ को आठ महिनामा ७ लाख ३६ हजार ५६२ पर्यटक नेपाल आएका छन् । ।

नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ ।

विभिन्न मुलुकबाट पदयात्री पर्यटक उल्लेख्य सङ्ख्यामा नेपाल आउछन् । दसैँ, तिहार, छठलगायत पर्वले पर्यटनमा रौनक बढाउँदछ ।

विश्व पर्यटन दिवसले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र यस क्षेत्रमा माहोल सिर्जना गर्न मद्दत पुग्ने व्यवसायीले बताएका छन् ।

यसैबीच, विश्व पर्यटन दिवसका अवसरमा शनिबार वृक्षरोपण गरिएको  छ। चन्द्रागिरि साकोसको आयोजनामा थानकोटस्थित त्रिभुवन पार्कमा वृक्षरोपण गरिएको हो ।

संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो कार्यक्रम गरिएको साकोसले जनाएको छ ।

त्रिभुवन पार्क व्यवस्थापनसँगको सहकार्यमा संस्थाका सञ्चालक समिति सदस्यहरू, विभिन्न उपसमितिका सदस्यहरू तथा कर्मचारीहरूको उपस्थितिमा शनिबार विभिन्न जातका करिब ६० बोट बिरुवा रोपिएको संस्थाका अध्यक्ष शिवशंकर मानन्धरको भनाइ छ ।

करिब २२ हजार जना सेयर सदस्य आवद्ध भएको चन्द्रागिरि सहकारीको संस्थागत पूँजी कोषमा करिब २१ करोड रहेको र ऋण लगानी करिब २ अर्ब ३० करोड रहेको छ ।

संस्थाले थानकोट चेकपोष्टस्थित मुख्यालयका अतिरिक्त काठमाडाैं उपत्यकाका विभिन्न स्थान सदस्य सेवा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *