चन्द्रागिरिका दुईसहित उपत्यकाका १० स्थानबाट खसीबोकाको स्वास्थ्य परीक्षण सुरु

Thankot Times

थानकोट ।

पशु सेवा विभागले पशु र मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै स्वस्थ्य खसीबोकाको सिङमा ‘हरियो’ र अस्वस्थ्यलाई ‘रातो’ चिह्न लगाउने अभियान  सुरु गर्ने भएको छ ।

पशु सेवा विभागका अनुसार उपत्यकाका विभिन्न १० वटा स्थानबाट खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया सुरु भएको हो ।

दशैंमा अस्वथ्यकर खसीबोका र राँगाभैँसी बिक्री हुन सक्ने जोखिम भएकाले सरकारले वर्षेनी दशैंको अवधीमा उपत्यकामा भित्रिने खसीबोका र राँगाभैँसीको स्वास्थ्य परीक्षण गरेपछि मात्रै बिक्री गर्न पाउने व्यवस्था मिलाएको छ ।

पशु सेवा विभागले खसीबोका र राँगाभैँसीको स्वास्थ्य परीक्षण गर्न १० स्थानमा परीक्षण स्थल (चेक पोष्ट) खडा गरेको छ । यो क्रम असोज १५ गतेसम्म जारी रहने छ ।

विभागका पशु चिकित्सक हरिसिंह भाटका अनुसार कलंकी खसी बजार र आसपासको क्षेत्रमा १० जना, धापाखेल र चापागाँउ खसीबजार क्षेत्रमा ५ जना, टुकुचा खसी बजार खाद्य संस्थान थापाथली क्षेत्रमा ६ जना, टोखा सुकेधारा र कपन क्षेत्रमा ५ जना, लोकन्थली खसीबजार क्षेत्रमा ६ जना, सल्लाघारी च्याङ्ग्रा बजार क्षेत्रमा ६ जना, चाल्नाखेल राँगाबजार क्षेत्रमा ४ जना, चन्द्रागिरि (थानकोट, दहचोक, दाउरा डिपो) क्षेत्रमा ५ जना, बालाजु बाइपास क्षेत्रमा ५ जना, कलंकी कालिमाटी र बल्खु माछा बजार क्षेत्रमा ६ जना जनशक्ति परिचालन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *