चन्द्रागिरिमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको माैसम ?

Thankot Times

थानकोट ।

मनसुनी वायु सक्रिय बनेपछि बिहीबार बिहानदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागले दसैंको समय धेरैले यात्रा गर्ने भएकाले आगामी चार दिन विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले नेपालमा मनसुनी वायु सक्रिय भएको हो।

विभागले वागमती, कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका साना नदीहरूमा आकस्मिक बहावको जोखिम रहेको जनाएको छ।

नारायणी, बागमती, कोशी, कमला नदी र तिनका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ।

मनसुन अझै नहटेकाले विभागले मौसम र बाढीको अवस्थाको नियमित अनुगमन भइरहेको जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *