यू-१७ वुमेन्स एसियन कप छनोटका लागि नेपाली टिम घोषणा

Thankot Times

थानकोट।

थाइल्यान्डमा हुने यू–१७ वुमेन्स एसियन कप छनोटका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्यीय नेपाली टिम घोषणा गरेको छ।

मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले टिम चयन गरेका हुन्। नेपाल समूह एफ मा आयोजक थाइल्यान्ड र तुर्किमिनिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

पहिलो खेल अक्टोबर १५ मा तुर्किमिनिस्तानविरुद्ध हुनेछ। टिमको गोलरक्षकमा झरना डुम्राकोटी, लक्ष्मी ओली र भुपिका शाही छन् । यस्तै डिफेन्डरमा दीक्षा रायमाझी, एलिजाकुमारी विक, ग्यान्सु डोल्मा लो, सम्झना चन्द, पूर्णिमा ताडी, अनु माझी, मिनमाया श्रेष्ठ र अन्सु विक परेका छन् ।

मिडफिल्डका खेलाडीमा रविना विक, कृतिशा तामाङ, आशिका कार्की, सहारा लिम्बू, बबटीका कार्की, भुमिका बुढाथोकी (कप्तान) आयुषा रेउले र सिर्जना बडुवाल छन् ।

फरवार्डमा भने अस्मिता मगर, पूजा गिरी, यामकुमारी विका र अनिता रानामगर छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *