चन्द्रागिरिका मेयर घनश्याम गिरीको दशैं शुभकामना सन्देश- उच्च मनोबलका साथ विस्तारै उठ्नुछ

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले सामाजिक सञ्जालबाट दशैंको शुभकामना दिएका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्-

२०८२ साल को विजया दशमी ,दिपावली,छठ पर्व तथा नेपाल सम्वत्-११४६ (न्हु दँ) को शुभ अवसरमा सुस्वास्थ, दीर्घायु, समृद्धि, उत्तरोत्तर प्रगति तथा सफलता को लागि सबैमा हार्दिक मंगलमय शुभकामना ….!!!

साथै, अहिलेको यस विषम परिस्थितिमा हामी सबै एकै साथ जुट्नु छ, जुटौं…र जटिलतामा पनि सहयोगी हातहरुसहित उच्च मनोबलका साथ विस्तारै उठ्नु छ, उठौं …अनि उज्यालो भविष्यका लागि सङ्घर्षका पाइलाहरु अझ बढि दृढतापूर्वक अघि बढ्ने प्रेरणा हामी सबैलाई प्राप्त हुनेछ भन्ने आशा व्यक्त गर्दै सबैमा शुभकामना….

गत भदाै २४ गते को जेनजी आन्दोलनका क्रममा मेयर गिरीको थानकोटस्थित तीनवटा घरमा तोडफोड, लुटपाट र आगजनी भएपछि उनी सार्वजनिक मञ्चमा विरलै उपस्थित भइरहेका छन् ।
बिहीबार देशैभर बडा दशैं अन्तर्गत टिका लगाइँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *