मच्छेगाउँस्थित विष्णुदेवी मन्दिरमा चाेरी गरेको अभियाेगमा कीर्तिपुरका पुरुष समातिए
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ मच्छेगाँउमा रहेको विष्णुदेवीको मुर्ति चोरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का अन्दाजी ३२ वर्षीय पुरुष छन् ।
शुक्रबार साँझ ५ बजे विष्णुदेवी मन्दिरका पुजारीले नित्य पूजा गर्नका लागि पानी लिन गएका बखत मुर्ति चोरीको प्रयास भएको बताईएको छ ।
मन्दिरका मुर्तिहरु छरपष्ट पारिएको अवस्थामा भेटिएपछि आरोपीलाई मन्दिर पसिसरको सत्तलबाट स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् ।
मुर्ति चाेरीका आरोपी ती पुरुषलाई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ ।












