धादिङकाे जवाङ खाेलामा पहिराे, नागढुङ्गा-मुग्लिङ सडक पूर्णरुपमा अवरुद्ध

Thankot Times

थानकोट ।
धादिङको जवाङ खोलामा शनिबार बिहान पहिरो खसेपछि मुख्य राजमार्ग अवरुद्ध भएको छ।

बिहान ०५ः५५ बजे सडकमा पहिरो खस्न थालेको हो ।

पहिराे खसेपछि नागढुङ्गा-मुग्लिङ सडक दुईतर्फी नै बन्द भएको प्रहरीले जनाएको छ ।

नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पनि पहिराे खसेको छ ।

साे सडकपनि अहिले अवरुद्ध छ। निरन्तर वर्षा भइरहँदा सो क्षेत्रमा पहिरो पन्छाउन सुरु गरिएको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *