नागढुङ्गा नाकाबाट २५० सवारी साधन काठमाडाैंतर्फ नै फर्काइए (भिडियो)

Thankot Times

थानकोट ।

खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुङ्गा चेकपोष्टबाट बाहिरिन लागेका २५० वटा सवारी साधनलाई शनिबार बिहान काठमााडैँतर्फ नै फर्काएको छ ।

धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले २५० भन्दा बढी सवारी साधनलाई काठमाडौँ फर्काइएको नागढुङ्गा ट्राफिक प्रहरीले जनाएको छ ।

शनिबार बिहानदेखि नै नागढुङ्गा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले ‘माइकिङ’ गरिरहेको छ ।

अहिले काठमाडाैंबाट बाहिरिने सवारीसाधनलाई नागढुङ्गा नाकामा होल्ड गरिएको नेपाल प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *