चेकपोस्ट खानेपानीचोक सडकमा दुर्घटना, स्कुटरचालक थानकोटका युवासहित तीनजना घाइते
थानकोट ।
कलंकी-नागढुङ्गा सडक खण्ड अन्तर्गत चेकपोस्ट खानेपानी चोकमा आइतबार बिहान सडक दुर्घटना भएको छ।
ट्राफिक प्रहरीका अनुसार कलंकीतर्फ जाँदै गरेको बा.प्र ०२ ०१८ प १६५५ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिएपछि सो दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटर चालक थानकोटका सनिस श्रेष्ठ, स्कुटरमा सवार दुर्गा श्रेष्ठ र पैदल यात्री चन्द्रागिरि नगरपालिका–७ की मैया पोख्रेल घाइते भएका छन्।
साे दुर्घटना घाइते हुनेरुको सतुङ्गलस्थित एपीएफ अस्पतालमा उपचार भइरहेकाे र दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।












