कोशी, बागमती र गण्डकीको पहाडी भेगमा आज हल्का वर्षाको सम्भावना
थानकोट ।
यतिबेला काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम सफा छ । काठमाण्डौमा बिहानैदेखि पारिलो घाम लागेको छ ।
सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।
अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ ।












