पेस्तोलसहित समातिए शीवकुमार
थानकोट ।
ललितपुरबाट एक व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन् ।
खोटाङ साकेला गाउँपलिका स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका–२३ धापाखेल बस्ने २३ वर्षीय शिवकुमार बिक पक्राउ परेका हुन् ।
मापसे गरेर होहल्ला गरेको भन्दै स्थानीयले खबर गरेपछि पुगेको प्रहरीले खानतलास गर्दा कम्बरमा भिरेको मनी व्यागमा ५००००४९१ नम्बरको चाइनिज पेस्तोल (म्याग्जिनसहित) फेला परेको ललितपुर प्रहरीले जनाएको छ ।
उनको साथबाट प्रहरीले चार लाख ७८ हजार रुपैयाँ पनि बरामद गरेको छ ।
बिकमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।












