त्रिदेशीय मैत्रीपूर्ण महिला फुटबल: नेपालले आज इरानको सामना गर्दै

Thankot Times

थानकोट ।

नेपाल, भारत र इरान सम्मिलित त्रिदेशीय मैत्रीपूर्ण फुटबलअन्तर्गत नेपालले आज शुक्रबार इरानसँग प्रतिस्पर्धा गर्दै छ ।

खेल भारतको सिलोङस्थित जवाहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार बेलुका ६ः१५ बजे सुरु हुनेछ ।

नेपालले प्रतियोगितामा पहिलो खेल खेल्न लागेको हो ।

उद्घाटन खेलमा यसअघि इरानले घरेलु टिम भारतलाई २–० ले पराजित गरेको थियो ।

बिहीबार मैत्रीपूर्ण फुटबलको ट्रफी अनावरण गरिएको थियो ।

प्रतियोगितामा हरेक टिमले दुई खेल खेल्नेछन् ।

शीर्ष टिमलाई विजेता घोषणा गरिनेछ ।

प्रतियोगिताका लागि नेपाली टोली बुधबार भारत पुगेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *