नवनियुक्त दुई मन्त्रीले लिए शपथ
थानकोट ।
नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबार शीतलनिवासमा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा नियुक्त बब्लु गुप्ताले राष्ट्रपतिबाट शपथ लिएका हुन् ।
यसअघि, मन्त्री नियुक्तिका लागि चार जनाको नाम सिफारिस गरिएको थियो ।
तर, खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ अन्तिममा आएर रोकिएपछि नवनियुक्त दुई मन्त्रीले मात्रै सपथ लिए ।
सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई भूमि सुधारमा सिफारिस गरिएको थियो ।
आइतबार दुई जना मन्त्री थपिएसँगै सुशिला कार्कीको क्याबिनेटमा सदस्यको संख्या १० पुगेको छ ।












