उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्वको समापन, मातातिर्थमा खचाखच भीड (फोटो फिचर)

Thankot Times

थानकोट ।

सूर्यको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ ।

उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ ।

यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ ।

बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो ।

सूर्योदयकालमा अर्घ्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरू लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ । पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवम् सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व शनिवारदेखि शुरू भएको हो । हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर जागा बसी आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।

छठ पर्वका अवसरमा तराई मधेशसँगै काठमाण्डौ उपत्यका र अरू ठाउँका नदी, पोखरी तथा जलाशयका किनारमा सिंगारेर झकिझकाउ बनाइएको छ ।

छठको मुख्य दिन हिजो देशभरी सार्वजनिक बिदा दिइएको थियो भने मधेश प्रदेशमा आज पनि सार्वजनिक बिदा दिइएको छ ।

मंगलबार बिहान छठ समापनका क्रममा बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठ, चन्द्रागिरि नगर उपप्रमुख बसन्ती श्रेष्ठ लगायत चन्द्रागिरि नगरपालिका वडा नं. ६ स्थित मातातिर्थ कुण्ड क्षेत्रमा पुगेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *