चेकपोष्ट दाउरा डिपोमा मृत भेटिएका व्यक्तिको पहिचान खुल्यो
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. ५ चेकपोष्ट दाउरा डिपोमा बिहीबार बिहान मृत भेटिएका पुरुष मानिसको पहिचान भएको छ ।
न्यू मनकामना ग्रील उद्योगको कोठामा सुतिरहेको अवस्थामा मृत भटिएका पुरुषको पहिचान गरिएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।
प्रहरी वृत्त थानकोटका अनुसार गोरखा जिल्ला पालुङटार नगरपालिका-१० का अन्दाजी १९-२० वर्षका पवन कुँवर मृत भेटिएका हुन् ।
उनको के कति कारण मृत्यु भएको हो सो बारेमा शव परीक्षण गरेपछि मात्रै भन्न सकिने प्रहरीको भनाइ छ । हाल उनको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको बताइएको छ ।
कुँवरले बिहान ढोका नखोलेपछि स्थानीय जनप्रतिनिधि, स्थानीयबासी तथा प्रहरीको रोहबरमा कोठा खोलि हेर्दा उनी ओछ्यानमै मृत भेटिएका हुन्- प्रहरी वृत्त थानकोटले भन्यो ।
घटनाका बारेमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ ।












