काभा यू-१९ महिला भलिबल च्याम्पियनसिपः नेपालको लगातार दोस्रो जित

Thankot Times

थानकोट ।

काभा अन्डर-१९ महिला भलिबल च्याम्पियनसिप २०२५ मा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

श्रीलंकाको कोलम्बोमा आज सम्पन्न लिग चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५-७ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट २५-१० र तेस्रो सेट २५-११ ले आफ्नो पक्षमा पारेको हो ।

यस जितसँगै नेपालले तीन खेलबाट ७ अंक जोडेको छ ।

बुधबार सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३-१ ले हराएको थियो भने आफ्नो पहिलो खेलमा नेपाल किर्गिस्तानसँग ५ सेटमा पराजित भएको थियो ।

४ टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा राउन्ड रोबिन लिगपछि अंक तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ।

फाइनल र तेस्रो स्थानका लागि कात्तिक २३ गते प्रतिस्पर्धा हुनेछ।

तस्बिरः काभा


Leave a Reply

Your email address will not be published. Required fields are marked *