सुनको मूल्य बढ्यो
थानकोट ।
नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला दुई लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुन प्रतितोला दुई लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर तीन हजार २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी प्रतितोला तीन हजार १० रुपैयाँमा कारोबार भएको थियो ।












