हङकङ सिक्सेस क्रिकेट-२०२५: नेपालको यात्रा समाप्त
थानकोट ।
हङकङ सिक्सेसमा नेपालको यात्रा समाप्त भएको छ । आज बिहान यूएईसँग पराजित भएसँगै नेपालीको यात्रा समाप्त भएको हो ।
आज बिहान भएको खेलमा नेपाल यूएईसँग ४३ रनले पराजित भयो ।
यूएईले दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा ४ विकेट गुमाएर ८६ रन मात्रै बनायो ।
नेपालका मोहमद आदिल आलमले ३२, सन्दीप जोराले ३१, बसिर अहमदले ८, लोकेश बमले ७ र राशिद खानले ६ रन प्रहार गरे । रुपेश सिंह शून्य रनमा आउट भए ।
त्यसअघि पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ६ ओभरमा सबै विकेट गुमाएर १२९ रन बनाएको थियो ।
यूएईका निलांश केसवानीले ५० र जाहिल अलीले ३० रन प्रहार गरे ।












