हङकङ सुपर सिक्स क्रिकेटको उपाधि छैटाैं पटक पाकिस्तानलाई, नेपाललाई ११औं स्थान

Thankot Times

थानकोट ।

हङकङ सुपर सिक्सको उपाधि पाकिस्तानले उचालेको छ ।

आइतबार पाकिस्तानले कुवेतलाई फाइनलमा पराजित गर्दै सुपर सिक्सको उपाधि उचालेको हो । 

हङकङको मङकोङमा सम्पन्न फाइनलमा पाकिस्तानले प्रस्तुत गरेको १३६ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले सबै विकेट गुमाएर ९२ रन मात्र बनाउन सक्यो । कुवेतका मित भव्सारले सर्वाधिक ३३ रन बनाए ।

भव्सारले १२ बलमा समान तीन चौका र छक्का प्रहार गरे । एडान आईड्रीसले ३० रन जोडे । आइड्रीसले आठ बलमा पाँच छक्का प्रहार गरे । कप्तान यासीन पटेलले १४ रन बनाए । 

पाकिस्तानका माज सदाकटले सर्वाधिक तीन विकेट लिए ।

शाहजादले दुई ओभरमा २९ रन खर्चिए । महोम्मद शाहजाद, शाहिद अजिज, अब्बास अफ्रिदी र अब्दुर समादले समान एक विकेट लिए । त्यसअघि पाकिस्तानले निर्धारित ६ ओभरमा तीन विकेट गुमाउँदै १३५ रनको योगफल खडा गरेको थियो । 

कुवेतले टस जितेर बलिङ रोजेपछि पाकिस्तानले ब्याटिङको निम्तो पाएको थियो । पाकिस्तानका कप्तान अब्बास अफ्रिदीले सर्वाधिक ५२ रन जोडे । अफ्रिदीले ११ बलमा दुई चौका र सात छक्का प्रहार गरे । अब्दुल समादले ४२ रन बनाए । खवाजा नाफेले २२ रन जोड्दा माज सदाकटले १० रन बनाए । बलिङतर्फ कुवेतका मिट भव्सारले सबै विकेट लिए । भव्सारले दुई ओभरमा २९ रन खर्चिए । 

पाकिस्तानसँगै आजै सम्पन्न प्रतियोगिताको बल फाइनलमा श्रीलंका विजयी भएको छ ।

श्रीलंकाले युनाइटेड अरब इमिरेट्स(यूएई) लाई २१ रनले पराजित गर्दै फाइनल जितेको हो ।

आज घरेलु टोली हङकङले पनि प्रतियोगिताको प्लेट फाइनल जितेको छ ।

हङकङले बंगलादेशलाई एक विकेटले पराजित गर्दै फाइनल जितेको हो ।

पाकिस्तानले प्रतियोगिताको उपाधि जितेको यो छैटाैं अवसर हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *