कोरोना संक्रमितले कुन-कुन अस्पतालमा पाउँछन् निःशुल्क उपचार ?

Thankot Times

थानकोट ।

मुलुकभर कोरोना संक्रमितको संख्यामा वृद्धि भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहातमा रहेका १७ वटा अस्पताललाई कोरोना संक्रमितको व्यवस्थापन र उपचारका लागि तोकेको छ ।

मध्यम (मोडरेट) र गम्भीर संक्रमितको व्यवस्थापनका लागि प्रादेशिक र केन्द्रका अस्पतालहरु समावेश भएको मन्त्रालयले जनाएको छ । ३१ असारको मन्त्रालयको निर्णयले विभिन्न प्रादेशिक र केन्द्रका अस्पतालबाट कोरोना संक्रमितको निःशुल्क उपचारको व्यवस्था गरेको हो ।

देशभरको तथ्यांकलाई हेर्दा हाल सक्रिय संक्रमित आधाभन्दा बढी काठमाडौं उपत्यकामा छन् ।

अस्पतालमा भर्ना हुने बिरामीको संख्या क्रमिक रुपमा बढिरहेको मन्त्रालयको तथ्यांकले देखाउँछ । मन्त्रालयले सोमबार प्रकाशित गरेको तथ्यांक अनुसार होम आइसोलेशनमा ४ हजार ७९२ र संस्थागत आइसोलेशनमा १४२, आइसियूमा ३६ र भेन्टिलेटरमा ५ जना छन् ।

निःशुल्क उपचार कसलाई ?

सरकारले तोकेका अस्पताल निःशुल्क सेवा लिनका लागि बिरामीमा मध्यम र गम्भीर समस्या भएको हुनुपर्छ । सरकारले तोकेका अस्पतालमा गए संक्रमितको उपचार निःशुल्क हुने व्यवस्था मिलाइएको सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए । ‘मध्यम वा गम्भीर प्रकृतिका बिरामीलाई तोकिएको सरकारी अस्पतालमा निःशुल्क उपचार सेवा पाउने व्यवस्था मिलाइएको छ,’ डा. अधिकारीले भने, ‘तर, अहिले निजीमा यो व्यवस्था लागु गरिएको छैन् ।’

संक्रमितको संख्या बढ्दै गएमा निःशुल्क सेवा दिने अस्पताल विस्तार गरिने मन्त्रालयले जनाएको छ ।

बिरामीले सरकारले तोकेको अस्पतालमा बिरामीको अवस्थाको आधारमा भुक्तानी दिने डा. अधिकारीले बताए । मन्त्रालयका अनुसार मध्यम जटिल केसमा ७,००० रुपैयाँ र गम्भीर बिरामीको आईसीयू र भेन्टिलेटरमा उपचारका लागि १५,००० प्रतिदिन प्रति बिरामी अस्पताललाई भुक्तानी दिइनेछ ।

कहाँ पाइन्छ निःशुल्क उपचार ?

सरकारले कोरोना संक्रमितको उपचारका परामर्शको गर्नका १११५ हटलाइन नम्बर उपलब्ध गराएको छ । जुन बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । त्यसैगरी, कोरोना संक्रमितको लक्षण भएका व्यक्तिहरुको सोधपुछका लागि ११३३ हटलाइनबाट निःशुल्क जानकारी लिन सकिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *