बंगलादेश र मलेसियाविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ

Thankot Times

थानकोट ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार (कात्तिक २४) बंगलादेश र मलेसियासँग खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा एक कार्यक्र गरी राष्ट्रिय टोलीको बिदाइ गरेको हो ।

उक्त टोलीले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्नेछ । त्यस्तै मलेसियासँग भने एसियन कप छनोटअन्तर्गतको खेल खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल नोभेम्बर १३ मा हुनेछ । मलेसियासँग भने नोभेम्बर १८ मा एसियन कप छनोटअन्तर्गत नेपाल आमनेसामने हुनेछ ।

नेपाल छनोटबाट यसअघि नै बाहिरिइसकेको छ । प्रतियोगितामा दुई खेल खेल्न बाँकी नेपालले हालसम्म छनोटमा चार खेल खेल्दा सबै खेलमा हार व्यहोरेको छ ।

बिदाइ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालय सधैँ खेलाडीहरूको साथमा रहेको बताए । खेलाडीहरूलाई इमान्दारिताका साथ आफ्नो दायित्व निर्वाह गर्न उनले आग्रह गरे ।

“मन्त्रालय सधैँ तपाईंहरूको साथमा रहनेछ । तपाईंहरूले आफ्नो दायित्व र भूमिका इमान्दारितापूर्वक निर्वाह गर्नूस् । एन्फाले जतिवटा लिग गराउनुपर्ने हो, त्यो सबै गराउनेछ,” मन्त्री गुप्ताले भने ।

गत शनिबार मैत्रीपूर्ण फुटबल र छनोट खेलका लागि २३ सदस्यीय राष्ट्रिय टोली घोषणा भएको थियो ।

नेपाली टोली :

किरण कुमार लिम्बु, अभिषेक लिम्बु, आदित्य शाक्य, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विशाल सुनार, दिप कार्की, दिनेश हेञ्जन, दिपेश गुरुङ, जिलेस्पी जङ्ग कार्की, कुशल देउवा, लाकेन लिम्बु, मणि कुमार लामा, मनिष डांगी, रोशित चन्द, रोहन कार्की, शनिश श्रेष्ठ, सुवास बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ, योगेश गुरुङ

 तस्बिरः एन्फा


Leave a Reply

Your email address will not be published. Required fields are marked *