नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक, ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाइने

Thankot Times

थानकोट ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको तालिका सोमबार सार्वजनिक गरेको छ ।

आगामी मङ्सिर १ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछ । 

आगामी मङ्सिर १ गते हुने उद्घाटन खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ ।

उक्त खेल दिउँसो ४ बजे हुने तय भएको छ । प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् ।

दिनमा दुईवटा खेल हुँदा पहिलो खेल दिउँसो ११ः४५ र दोस्रो खेल ३ः३० तथा ४ बजे सुरु हुनेछन् ।

प्लेअफका तीन खेल भने दिउँसो ४ बजे सुरु हुनेछन् ।

आगामी मङ्सिर २७ गते हुने फाइनल पनि फ्लडलाइटमा हुने तयारी रहेको क्यानले जनाएको छ ।

कुल ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा खेलाइनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *