नेपाल प्रिमियर लिगको ट्रफी आज काठमाडाैं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन हुँदै
थानकोट ।
नेपाल प्रिमियर लिग (एनपीएल)को टिम काठमान्डू गोर्खाजले काठमाडौं उपत्यकामा एनपीएलको ट्रफी प्रदर्शन गरेको छ ।
बुधबार काठमान्डूले उपत्यकाका भक्तपुरमा बिहान ट्रफी प्रदर्शन गरेको छ । दिउँसो पाटन र वसन्तपुर दरबार क्षेत्रमा ट्रफी प्रदर्शन गर्ने जनाएको छ ।
काठमान्डूले पाटन दरबार क्षेत्रमा बिहान ११ बजेदेखि मध्याह्न १२ बजेसम्म ट्रफी प्रदर्शन गर्नेछ ।
त्यसअघि क्लबले बिहान ९ बजेदेखि १० बजेसम्म भक्तपुरमा ट्रफी प्रदर्शन गरेको थियो ।
दिउँसो १ बजेदेखि वसन्तपुरमा ट्रफी प्रदर्शन गर्ने तालिका छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गते सम्म हुँदै छ ।
प्रतियोगितामा पहिलो संस्करणकै आठ टिमको सहभागिता छ ।
फाइल फोटोःएनपीएल














