अर्को सूचना जारी नहुन्जेलसम्मका लागि चन्द्रागिरि केबलकार सेवा बन्द !

Thankot Times

थानकोट ।

नेपालको दोश्रो एवं काठमाडाैं उपत्यकाको पहिलो केबलकार सेवा चन्द्रागिरि केबलकार सेवा तत्कालका लागि बन्द गरिएको छ ।

चन्द्रागिरि नगरपालिका-०४ थानकोटस्थित बटम स्टेशन गत भदाै २४ गते भएको तोडफोड, लुटपाट र आगजनीबाट क्षतिग्रस्त बनेपछि स्थगित केबलकार सेवा कार्तिक २२ गते सञ्चालनमा आएपनि पुनः प्राविधिक समस्या देखिएपछि केबलकार सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको चन्द्रागिरि हिल्सले जनाएको छ।

लगातार ६० दिन बन्द रहेको केबलकार सेवा २ दिन सञ्चालनमा आएपनि कार्तिक २४ गतेबाट पुनः अवरुद्ध बनेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *