अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज बंगलादेशविरुद्ध खेल्दै नेपाल

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा दक्षिण एसियाकै अर्को प्रतिद्वन्दी बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

बंगलादेशको राजधानी ढाकामा हुने यो खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

पछिल्लो पाँच खेलयता जितविहीन नेपाली टिम आज यो खराब लय तोड्ने लक्ष्यसहित मैदान उत्रिनेछ ।

नेपाली टिमले पछिल्लो पटक मार्चमा सिंगापुरविरुद्ध १–० को जित निकालेको थियो ।

नेपाल हरि खड्काको प्रशिक्षणमा मैदान उत्रिदैछ । म्याट रसले राजीनामा दिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले खड्कालाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो ।

पछिल्लो पटक यी दुईबीच गत भदौमा नेपालमा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

दुई खेल हुने तय भए पनि जेन्जी आन्दोलनका कारण दोस्रो खेल रद्द भएको थियो ।

नेपालले यो खेललाई नोभेम्बर १८ मा मलेसियासँग एएफसी एसियन कप छनोटको खेलको तयारीका रूपमा लिएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *