चित्लाङ फुटबल क्लब राष्ट्रिय लिगका लागि छनोट

Thankot Times

थानकोट । 

मकवानपुरको चित्लाङ फुटबल क्लब राष्ट्रिय लिगमा स्थान बनाउन सफल भएको छ। 

एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तर्गत बिहीबार भएको खेलमा ले जनजागृति युवा क्लबलाई २–० ले हराउँदै सेमीफाइनलमा पुगेपछि सो क्लबले उक्त कोशेढुङ्गा भेटेको हो । 

बिहीबार भएको खेलको नतिजापछि चित्लाङले समूहमा शीर्ष दुईमा स्थान पक्का गरेर सेमिफाइनलमा पुगेको छ।

सेमिफाइनलमा पुगेसँगै चित्लाङले राष्ट्रिय लिगमा स्थान बनाउन सफल भएको हो। 

चित्लाङका लागि पहिलो हाफमा विज्ञान खड्का तथा दोस्रो हाफमा मदन स्याङतानले गोल गरे। चित्लाङका जय गुरुङ खेलको प्लेयर अफ द म्याच घोषित भए । 

अर्को खेलमा लालीगुराँस एसोसिएसन र देउराली क्लब बिच गोल रहित बराबरी भयो। देउरालीका पदम भट्टराई प्लेयर अफ द म्याच घोषित भए । 

२ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ।

लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ।

उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन्। सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन्।

राष्ट्रिय लिग पुस महिनामा हुने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *