चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापले आज बालमैत्री स्थानीय प्रतिवेदन सार्वजनिक गर्दै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकापले आज बालमैत्री स्थानीय प्रतिवेदन सार्वजनिक गर्दै छ।

नगरप्रमुख घनश्याम गिरीको उपस्थितिमा दिउँसो सो प्रतिवदेन सार्वजनिक गर्ने वडा कार्यालयको तयारी छ ।

नेपाल सरकारले सबै स्थानीय तहलाई वि.सं. २०८७ सम्ममा बालमैत्री बनाउने लक्ष्य लिए अनुरुप चन्द्रागिरि नगरपालिका-१४ लाई बालमैत्री स्थानीय शासन वडा क्षेत्र घोषणा गर्नुअघि सो प्रतिवेदन सार्वजनिक गर्न लागिएको हो ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र बाल विकास समाजको सहजीकरण एवं प्रकाशन तथा प्राविधिक सहयोगमा सो प्रतिवेदन तयार भएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *