नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय समितिमा रमा आलेमगरसहित १३८ सदस्य प्रस्ताव

Thankot Times

थानकोट ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० दल एकीकरणपछि गठन भएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा १३८ सदस्यीय केन्द्रीय समिति रहने गरी निर्वाचन आयोगमा सूची पेश भएको छ ।

उक्त दलको संयोजकमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजकमा तत्कालीन नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल प्रस्तावित छन् ।

पेश गरिएको सुचीमा तेस्रो नम्बरमा झलनाथ खनाल, चौथो नम्बरमा बामदेव गौतम, पाँचौँ नम्बरमा नारायणकाजी श्रेष्ठ, छैटौँ नम्बरमा अग्निप्रसाद सापकोटा, सातौँ नम्बरमा कृष्णबहादुर महरा, आठौँ नम्बरमा जगन्नाथ खतिवडा, नवौँ नम्बरमा जयन्तीदेवी राई र १० औँ नम्बरमा डा. बेदुराम भुसालको नाम छ ।

नेकपा (एकीकृत समाजवादी) बाट बागमती प्रदेश सभा सदस्य निर्वाचित रमा आलेमगर सूचीको ८६औं नम्बरमा छिन् ।

अस्पतालमा उपचार हुँदै

करिब ६ महिनादेखी सार्वजनिक मञ्चहरूमा नदेखिएकी सांसद् रमा आलेमगर जटिल स्वास्थ्य समस्याका कारण महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छिन् । गत सोमबारबाट त्यहाँ उनको उपचार सुरु गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

सो अघि उनी थानकोटस्थित घरमै आराम गरिरहेकी थिइन् । उनमा आन्द्रासँग सम्बन्धित समस्या देखिएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *