सुनचाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा पाँच सय रुपैयाँले घटेर दुई लाख ४९ हजार सात सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा दुई लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी ६० रुपैयाँले घटेर तीन हजार २८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

बुधबार चाँदी प्रतितोला तीन हजार ३४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *