सुनको मूल्यमा गिरावट
थानकोट ।
कारोबार हुने यस साताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य तोलामा ६ हजार ९ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा २ लाख ४९ हजार ७ सय रुपैयाँ कायम रहेको छापावाल सुनको मूल्य आइतबार घटेर तोलामा २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको हो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
शुक्रबार तोलामा ३ हजार २ सय ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य यस दिन घटेर तोलामा ३ हजार १ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।












