त्रिवि क्रिकेट मैदानको फ्लडलाइट र पारापिट क्यानलाई हस्तान्तरण
थानकोट ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा जडित फ्लड लाइट तथा पारापिट नेपाल क्रिकेट संघ (क्यान) लाई हस्तान्तरण गरिएको छ ।
शहरी विकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्मार्फत क्यानलाई आइतबार साँझ फ्लड लाइट र पारापिट हस्तान्तरण गरेको हो ।
आइतबार साँझ कुलमान घिसिङले उद्घाटन गरेसँगै फ्लड लाइट क्यानलाई हस्तान्तरण गरिएको हो ।
सरकारले दोस्रो संस्करणको एनपीएलका लागि टीयू मैदानमा फ्लड लाइट तथा पारापिट निर्माणको कामलाई प्राथमिकता दिएर काम गरेको थियो ।
एनपीएल सोमबारदेखि सुरु हुँदै छ ।












