१० वर्षभन्दा पुराना एम्बुलेन्स चलाउने नपाइने (सूचनासहित)
थानकोट ।
सरकारले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन १० वर्षभन्दा माथिका पुराना एम्बुलेन्स सञ्चालन गर्न नपाइने भएको छ ।
स्वास्थ्य मन्त्रालयले सोमबार सूचना जारी गर्दै १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन भएको पाइएमा सञ्चालन अनुमति दर्ता खारेज हुने व्यवस्था गरिएको जनाएको छ ।
त्यसैगरी भारतीय दूतावासबाट आवश्यक परमिट प्राप्त गरी पूर्ण रूपमा मापदण्ड पूरा गरेका एम्बुलेन्सलाई मात्रै भारत आवत–जावत गर्न अनुमति दिइने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
सूचनामा भनिएको छ, ‘२०८२ मा एम्बुलेन्स पैठारीमा राजस्व छुट, सञ्चालन अनुमति, नवीकरण, अनुगमन तथा अनुमति खारेजजस्ता प्रावधानहरू स्पष्ट रूपमा व्यवस्था गरिएकोले उक्त निर्देशिका कडाइका साथ पालना गर्न मन्त्रालय सबै स्वास्थ्य सेवा प्रदायक, एम्बुलेन्स सञ्चालक, एम्बुलेन्स व्यवस्थापन समिति तथा सरोकारवाला सबैमा अनुरोध छ ।’
सूचना हेराैं













