चन्द्रागिरि केबलकार तत्काल सञ्चालन हुने सम्भावना छैन् !
थानकोट ।
भदाै २४ गते जेन-जी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनी भएपछि बन्द भएर सञ्चालनमा आएको दुई दिनमै बन्द भएको चन्द्रागिरि केबलबारको मर्मत जारी छ ।
कम्पनीका अनुसार सञ्चालन प्रणाली (प्यानल बोर्ड) मा समस्या देखिएपछि सेवा कार्तिक २४ बाट अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
गत भदौ २४ गते केबलकारमा तोडफोड भएपछि केबलकार बन्द भएको थियो ।
केबलकारमा पुर्ननिर्माण भएर कात्तिक २२ र २३ गते सञ्चालनमा आएको थियो ।
अहिले फेरि बन्द भएको छ ।
पुनःनिर्माणपछि दुई दिनमात्रै सञ्चालनमा आएको केबलकार त्यसपछि बन्द अवस्थामा छ ।
कम्पनीका सचिव झलक शर्माले प्यानल बोर्डमा धुलो जम्मा भई प्रणालीमा समस्या आएको र यसलाई दिगो समाधान गर्न अस्ट्रियाबाट आवश्यक पार्टपुर्जा मगाइएको जानकारी दिए ।
शर्माले प्यानल बोर्डमा देखिएको समस्याबारे बताउँदै भने, ‘केबलकारको प्यानल बोर्डमा समस्या देखिएकाले यो सधैंका लागि समस्या नहोस् भनेर हामीले त्यसलाई परिवर्तन गर्न लागेका छौं । यो विशेषगरी प्यानल बोर्डको साइडमा डस्ट (धूलो) जम्मा भई केही सिस्टममा परिवर्तन गर्नुपर्ने देखिएको हो ।’
उनका अनुसार पार्टपुर्जा आइसकेपछि करिब एक साताभित्र केबलकार पुनः सञ्चालनमा आउनेछ । गुणस्तरीय र सुरक्षित सेवा सुनिश्चित गर्नका लागि यो मर्मतसम्भार आवश्यक रहेको उनको भनाइ छ ।
‘हामी त्यो सामान आयातको प्रक्रिया अगाडि बढाएका छौं, सामान आएको समयको करिब एक हप्ताभित्रमा केबलकार पुनः सञ्चालनमा ल्याउँछ,’ शर्माले भने ।
गुणस्तरीय र सुरक्षित सेवा प्रदान गर्नका लागि यो मर्मतसम्भार आवश्यक रहेको कम्पनीको भनाइ छ ।












