शहिद स्मारक सी डिभिजन छनोट: थानकोटको वीआर ब्रदर्श र रामेछापको लिखु भूजीले अंक बाँढे

Thankot Times

थानकोट ।

शहिद स्मारक सी डिभिजन छनोट प्रतियोगिता बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको छ।

पहिलो दिनको खेलमा समुह बी मा रहेका थानकोटको हामी दाजुभाइ क्लब (वीआर ब्रदर्श)ले लिखु भूजी क्लबसँग २-२ को बराबरी खेलेको छ ।

बिहीबार क्वालिफायर्स अन्तर्गत सातदोबाटोस्थित एन्फा मुख्यालयमा हामी दाजुभाइले पहिलो हाफमै २–० को अग्रता बनाएको थियो । तर, लिखु भुजीले भने दोस्रो हाफमा दुवै गोल फर्काउँदै बराबरी गरेको हो ।

खेलको १२औँ मिनेटमा हामी दाजुभाइलाई हेमन्त ढकालले अग्रता दिलाएका थिए । यसको सात मिनेटपछि, १९औँ मिनेटमा टोलीका सायस श्रेष्ठले अग्रतालाई दोब्बर बनाए । तर, हामी दाजुभाइले अग्रता जोगाउन नसक्दा खेलको अन्तिम २० मिनेटभित्र लिखु भुजीले पुनरागमन गर्‍यो ।

७४औँ मिनेटमा लिखु भुजीलाई टोलीका सुगम भुलानले गोल गर्दै १–२ को स्थितिमा फर्काए । ८८औँ मिनेटमा टोलीका चन्द्रहाङ लिम्बुले गोल गरेपछि लिखु भुजीले बराबरी गरेको हो ।

वीआर ब्रदर्शले समुह चरणको अन्तिम खेलमा मंसिर १० गते हुम्ला एफसीको सामना गर्नेछ ।

प्रतियोगितामा विभिन्न ३९ क्लबले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा सहभागिता जनाउने टोलीहरूलाई विभिन्न १३ समुहमा विभाजन गरिएको छ ।

हरेक समुहमा ३ टोली रहनेछन् । प्रतियोगिताका सबै खेल एन्फा कम्पलेक्सको खेलमैदानमा हुनेछन् ।

फाइनल खेल मंसिर २८ गते हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *