नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ४१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा दुई लाख ४३ हजार रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी ८५ रुपैयाँले  घटेर प्रतितोला तीन हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार चाँदी तोलामा तीन हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *