चन्द्रागिरि नगरपालिका वडा नं. १४ नयाँ नैकाप बालमैत्री वडा घोषणा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. १४ नयाँ नैकाप बालमैत्री वडा घोषणा भएको छ ।

सो वडा काठमाडौं जिल्लाको तेस्रो बालमैत्री वडा र नगरपालिकाको पहिलो बालमैत्री वडा भएको छ ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि, २०७९ अनुसार सोही वडालाई बालमैत्री वडा घोषणा गरिएको हो ।

शनिबार बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कन्चन चन्द्र बादेले सो वडालाई बालमैत्री घोषणा गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *