नेपाली टोलीलाई अन्तर्राष्ट्रिय रग्बी सिरिजको उपाधि
थानकोट ।
नेपालले बंगलादेशसँगको अन्तर्राष्ट्रिय रग्बी सिरिज जितेको छ ।
सेभन्सको २ र फिफ्टिन्सको १ गरी तीन खेलको सिरिज नेपालले एक खेलअगावै जितेको नेपाल रग्बी संघले जनाएको छ ।
नेपालले पहिलो खेल १५–० ले जितेको थियो ।
बंगलादेश रग्बी फेडेरेसनको आयोजनामा बंगलादेश नेसनल स्टेडियम ढाकामा आजै भएको दोस्रो खेलमा नेपालले बंगलादेशलाई २६–१५ ले हराएको थियो ।
नेपालले मंगलबार फिफ्टिन्स खेल्ने छ ।














