सुनको मूल्यमा गिरावट
थानकोट ।
आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार ९ सय रुपैयाँले घटेको हो ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ४२ हजार ७ सय रुपैयाँ कायम छ ।
हिजो आइतबार छापावाल सुन प्रतितोला दुई लाख ४४ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि यसदिन तोलामा २० रुपैयाँले घटेको छ ।
चाँदी प्रतितोला तीन हजार १ सय १५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।












