सात गाउँले जात्रा सञ्चालन हुने चन्द्रागिरि नगरका विभिन्न सात वडामा सार्वजनिक बिदा दिइने

Thankot Times

थानकोट ।

सात गाउँले जात्राको तयारी चन्द्रागिरि नगरका विभिन्न वडाहरूमा तिव्र बनाइएको छ ।

चन्द्रागिरि नगरका वडा नंं ८ मातातिर्थस्थित लंकोट, वडा नं. ९ मच्छेगाँउ, वडा नं. १० र ११ सतुङ्गलमा सालिन्दा सात गाउँले जात्रा मनाउने परम्परा छ ।

यसैगरी, चन्द्रागिरि १३ पुरानो नैकाप, चन्द्रागिरि १४ नयाँ नैकाप एवं चन्द्रागिरि १५ तीनथानामा समेत सात गाउँले जात्रा मनाउने गरिन्छ ।

यसवर्ष मंसीर १४ गते सात गाउँले जात्रा अन्तर्गत विष्णुदेवीको रथ यात्रा हुँदैछ ।

यसैबीच चन्द्रागिरि नगरपालिकाले सात गाउँले जात्रा सञ्चालन हुने वडाहरूमा सार्वजनिक बिदाको निर्णय गरेको छ ।

जसअनुसार चन्द्रागिरि ८, ९, १३, १४ र १५ मा मंसीर १४ गते आइतबार सार्वजनिक बिदा दिइएको छ।

यस्तै, मंसीर १४ र १६ गते भने वडा नं. १० र ११ सतुङ्गलमा चन्द्रागिरि नगरपालिका कार्यपालिका बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सात गाउँले जात्रा काठमाडाैंको पश्चिम क्षेत्रको सबैभन्दा बृहत् परम्परागत सांस्कृतिक उत्सव हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *