रास्वपा काठमाडौं जिल्ला सभापति विष्टले राजीनामा फिर्ता लिए
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले राजीनामा फिर्ता लिएका छन् ।
उनले आइतबार पदबाट दिएको राजीनामा विषय बाहिरिएकोमा सोमबार फिर्ता लिएको रास्वापाले जनाएको हाे। यसअघि उनले ‘पार्टी छोडेको होइन र काम गर्ने फुर्सद नभएर जिल्ला सभापतिबाट राजीनामा दिएको बताएका थिए ।
राजीनामा दिनुअघि उनले जिल्ला कार्यसमितिको बैठक बोलाएका थिए ।
‘काम गर्ने फुर्सद नभएको भन्दै’ रास्वपा काठमाडौंका सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिए
बैठकका सहभागीले राजीनामा नदिन दबाब दिएता पनि उनले धेरै सोचविचार गरेपछि राजीनामा दिनु नै उपयुक्त ठानेको बताएका थिए ।
पार्टीको प्रचलन अनुसार बागमती प्रदेश समितिमा राजीनामा बुझाएका विष्टले साेमबार राजीनामा फिर्ता लिएका हुन् ।
कीर्तिपुर नगरपालिका-०४ का विष्ट २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाको तर्फबाट काठमाडौं-१० बाट उम्मेदवार बनेेका थिए । सो निर्वाचनमा उनी तेस्रो बनेका थिए ।












